Posts
Showing posts from August, 2021
कक्षा ५ विज्ञान तथा वातावरण: ढाड भएका जनावर समुहका विषेशताहरु [नाेट]
- Get link
- X
- Other Apps
कक्षा ५ विज्ञान तथा वातावरण (नाेट) R.T. ढाड भएका जनावर समुहका विषेशताहरु : १. माछा समुहकाे विषेशताहरु: क. माछा पानीमा मात्र बाँच्न सक्छ । ख. माछाकाे शरीर लाम्चाे र डुङ्गा आकारकाे हुन्छ । ग. माछाकाे शरीरलाई कत्लाले ढाकिएकाे हुन्छ। घ. माछाकाे शरीरकाे ठाउँ ठाउँबाट पखेटा निस्केकाे हुन्छ । त्यही पखेटाकाे सहायताले माछा पानीमा हिड्डुल गर्दछ । ङ. फूल्काबाट सास फेर्दछ । च. माछाले फुलबाट बच्चा जन्माउँछ । २. उभयचर समुहकाे विषेशताहरु : क. पानी र जमीन दुबै ठाउँमा बाच्न सक्छ । ख. यस समुहको जीवहरुकाे शरीर चिप्लाे र नरम छालाले ढाकिएकाे हुन्छ। ग. यस समुहको जीवहरुकाे चार वटा खुट्टा मध्ये पछाडीकाे दुई खुठ्टा लामाे हुन्छ । जस्ले गर्दा भ्यागुतो टाढा टाढासम्म उफ्रन सक्छ । घ. प्रत्येक खुट्टाकाे पन्जालाई छालाकाे तहले जाेडिएकाे हुन्छ । जस्ले गर्दा भ्यागुतो सजिलै पानीमा पाैड्न सक्छ । ङ. यस समुहका जीवले सास फाेक्स, छाला र फुल्काबाट फेर्दछ । जमीनमा रहदा फाेक्सबाट पानीमा रहदा छालाबाट र च्यापागाडा अवस्थामा फुल्काबाट सास फेर्दछ । च. यस समुहका जीवहरुले फुलबाट बच्चा जन्माउँछ ।
कक्षा 3 काे सेराेफेराे गृहकार्य Rajendra Thapa
- Get link
- X
- Other Apps
अभिभावकहरुलाई अनुराेध : तलका पाठ्यवस्तु पढ्न लगाएर तल दिएकाे प्रश्नकाे उत्तर र खाली ठाउँ भर्न लगाउनु हाेला । पाठ्यवस्तु जुनुकाे परिवार नयाँ गाउँमा बस्छ । नयाँ गाउँ शारदा नगरपालिकाकाे वडा न.एकमा पर्छ । जुनुकाे परिवारमा आठ जना हुनुहुन्छ । हजुरबुबा, आमाबुबा, काका,काकी, दाइ, बहिनी र जुनु । हजुरबुबा जुनुलाई धेरै माया गर्नुहुन्छ । राम्रा राम्रा कथा सुनाउनुहुन्छ । आमाले जुनुलाई घरका काम सिकाउनुहुन्छ । जुनुले बहिनीलाई असाध्यै माया गर्छिन् । जुनुका बुबा शिक्षक हुनुहुन्ट । हजुरबुबा व्यापारी हुनुहुन्छ । हजुरबुबाकाे बुबा सैनिक हुनुहुन्थ्याे ।उहाँ माझीगाउँबाट बसाइँ सरेर आउनुभएकाे हाे । जुनु हजुरबुबाकाे बुबालाई जिजुबुबा भन्छिन् । जुनु असल छिन् उजी परिवारका मनन्जनलाई आदर गर्छिन् । घरमा पाहुना आए भने उनी स्वागत गर्छिन् । घरका काममा सकेकने सहयाेग गर्छिन् । प्रश्नहरु : क, जुजुकाे परिवारमा काे काे हुनुहुन्छ ? उत्तर : ख, तपाईंको परिवारमा काे काे हुनुहुन्छ ? उत्तर : ग, बुबाकी बहिनीलाई के भन्नुपर्छ ? उत्तर : घ, बुबाकाे भाइलाई काका भनिन्छ भने आमाक...
कक्षा ५ - विज्ञान तथा वातावरण: ढाड भएको जनावरहरुको विभाजन
- Get link
- X
- Other Apps